छिमेक बजार

छिमेक बजार ब्यवस्था कम्पनी लिमिटेड मिति २०६७ साल फाल्गुण २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको र सोही कार्यालयवाट मिति २०६८ जेष्ठ १ गते कारोवार गर्ने स्वीकृत पनि प्राप्त गरेको एक कम्पनी हो । यस कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर – ३४, काठमाण्डौमा रहेको छ । हाल यस कम्पनीले केन्द्रीय कार्यालयको साथै सुनसरी, बारा, मकवानपुर, चितवन, तनहुँ र रुपन्देही जिल्लामा शाखा खोलि कार्य संचालन गरिसकेको छ । “छिमेकको बजार घरघरमा रोजगार” भन्ने मुल लक्ष्यका साथ अघि बढेको यस कम्पनीले समाजमा राजनितिक, सांस्कृतिक, भाषिक तथा अन्य विषमताको आधारमा भेदभाव नगरी आफ्नो कार्यक्षेत्रका विपन्न तथा गरिव समुदायलाई बजार ब्यवस्था सम्बन्धी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । 

A